एनसीसी बैंक र फोन पे बीच दशैँ तिहार लक्षित क्यासब्याक सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनसीसी बैंक र फोन पे बीच दशैँ तिहार लक्षित क्यासब्याक सम्झौता

एनसीसी बैंक र फोन पे बीच दशैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ । एनसीसी बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु.१०० सम्म क्यासब्याक अफर प्रदान गरेको छ ।

यस अफर अन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एप मार्फत भुक्तानी गरेको हुनुपर्ने बैंकले जनाएको छ । 

दशैँ र तिहार गरी २ पटक यो अफर संचालन हुने भएको छ । दशैँ लक्षित यस अफर असोज ७ गते देखि असोज १४ गतेसम्म संचालन हुनेछ भने तिहारलाई लक्षित अफर कार्तिक २ देखि कार्तिक ६ गते सम्म संचालन हुनेछ । 

देशैभर शाखा सञ्जाल फैलिएको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३९ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

Read More
  • MBL - below news