काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंगले मिश्रित लगानी व्यवस्थापन सेवा संचालन ल्याएको छ । यस बैंगिग सेवाले २०७९ भाद्र महिना देखि लागु हुने गरी शेयर बजारमा प्रवेश गर्न चाहना तर लगानी सम्बन्धि उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरुलाई लक्षित गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।
सन्तुलित लगानी उच्चतम आम्दानी हुनसक्ने यस व्यवस्थापन सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको रकम लगानीका विभिन्न उपकरणहरु जस्तै म्युचअल फण्ड, बण्ड÷डिबेञ्चर, ईक्विटी, आईपीओ, एफपीओ र हकप्रद शेयर तथा निश्चित प्रतिफल उपकरणहरुमा लगानी गर्ने र भैपरी आउने लगानीका लागि नगदको व्यवस्थापन समेत गर्ने रहेको कम्पनीले जनाएको छ ।








