सानिमा बैङ्कको थप २० वटा मर्चेन्टहरूसँग छुटको व्यवस्था, कहाँ कहाँ पाइन्छ विशेष छुट ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैङ्कको थप २० वटा मर्चेन्टहरूसँग छुटको व्यवस्था, कहाँ कहाँ पाइन्छ विशेष छुट ?

काठमार्डाैँ / सानिमा बैङ्क लिमिटेडले थप २० वटा मर्चेन्टहरूसँग छुटको व्यवस्था गरेको छ । बैङ्कले आफ्ना ग्राहकहरूलाई डिजिटल बैङ्किङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न मर्चेन्टहरूसँग छुटको व्यवस्था गरेको हो । 

उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैङ्किङ्ग एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरूको वस्तु/सेवाहरूको खरिदमा विशेष छुट पाउने भएको छ ।  

बैङ्कले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रिज, कान्तिपुर कफी, कुण्डलिनी आयुर्वेद, बागडोल पोलिक्लिनिक, नीता पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर, स्टाइल हन्ट, बेन्ड द ट्रेन्ड, रिभाइब वेलनेस, बल्थली माउन्टेन रिसोर्ट, होटल यात्री, होटल द किंग्सबरी, दरबार ज्वेल्र्स, लारिसा फार्मेसी, डियो गार्डेन रेस्टुरेन्ट, द स्ट्रिट, रोयल लाउन्ज एण्ड बार, आरआर फेसन वेयर, वीकेन्ड र न्यानो कलेक्शन जस्ता २० वटा विभिन्न मर्चेन्टहरूसँग १० देखि ३० प्रतिशत  सम्मको छुटको व्यवस्था गरेको छ । 

Read More
  • MBL - below news