काठमाडौं । डिजिटल क्वालिटी अफ लाइफ इन्डेक्स (DQL) मा नेपाल दक्षिण एशियामा दोस्रो स्थानमा छ । ब्रिटिश भर्जिन टापुस्थित भीपीएन सेवा कम्पनीले सार्वजनिक गरेको ‘डिजिटल क्वालिटी अफ लाइफ इन्डेक्स २०२१’ अनुसार नेपाल दक्षिण एशियामा भारतभन्दा पछि रहेको हो ।
विश्वका ११० देशमा गरिएको सर्वेक्षणमा नेपाल ८७ औं स्थानमा छ । नेपालले समग्ररूपमा ८ स्थान सुधार गरेको छ । दक्षिण एशियामा शीर्ष स्थानमा भारत छ भने श्रीलंका, पाकिस्तान र बंगलादेश क्रमशः तेस्रोबाट पाँचौं स्थानमा छन् । विश्वभरमा भारत ५९ औं स्थानमा छ । यस्तै, श्रीलंका ८८ औं, पाकिस्तान ९७ औं र बंगलादेश १०४ औं स्थानमा छन् ।
दक्षिण एशियाका दुई ओटा देश (भुटान र माल्दिभ्स) सर्भेक्षणमा सहभागी गराइएकाे छैन ।








