सानिमा बैंक र दराजबीच सम्झौता, बैँकका ग्राहकलाई विशेष छुट दिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंक र दराजबीच सम्झौता, बैँकका ग्राहकलाई विशेष छुट दिने

काठमाडौँ / सानिमा बैंक लिमिटेड र दराजबीच सम्झौता भएको छ । 

नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको हो । 

योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु २,०००/- सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु २,५००/- सम्मको छुट प्राप्त गर्न सकिने भएको छ । 

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिने छ । 

Read More
  • MBL - below news