इलोन मस्कलाई ट्विटरका शेयरधनीले शेयर किन्ने अनुमति दिए


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इलोन मस्कलाई ट्विटरका शेयरधनीले शेयर किन्ने अनुमति दिए

एजेन्सी ।  ट्विटरका शेयरधनीहरूले  इलोन मस्कलाई ४४ बिलियन डलरमा शेयर बेच्नका लागि सहमति दिएका छन् । सामाजिक सञ्जाल विशाल ट्विटरका शेयरधारकहरूले सेप्टेम्बर १३ मा ४४ बिलियनमा शेयर बेच्ने सम्झौतालाई अनुमोदन गरेका हुन। धेरैजसो ट्विटर शेयरधारकहरूले मस्कको ५४.२० प्रति शेयर खरिद प्रस्तावको पक्षमा मतदान गरेका थिए।

कम्पनीले अर्बपति इलोन मस्कसँग यो सम्झौता गरेको थियो। यद्यपि, मस्कले स्प्याम खातामा गलत जानकारीलाई उद्धृत गर्दै सम्झौता रद्द गरेका थिए। यस्तो अवस्थामा ट्विटर यस विषयमा अदालत पुग्यो । अक्टोबर १७ मा अमेरिकाको डेलावेयर अदालतमा सुनुवाई सुरु हुने भएको छ ।

यो सम्झौता रद्द गरेपछि मस्कले ट्वीट गरेका थिए । यसमा उनले चार तस्बिर राखेर एक किसिमले सम्झौताको मजाक बनाएका थिए । यी तस्विरहरू मार्फत उनले भने, “म ट्विटर किन्न सक्दिन।  ट्वीटरले भन्यो, ‘हामीले मस्कलाई थप उल्लङ्घन हुनबाट रोक्न र मस्कलाई यो सम्झौता पूरा गर्न आग्रह गर्न यो कारबाही गरिरहेका छौं।’ मुद्दामा मस्कले मर्जर सम्झौताका धेरै सर्तहरू उल्लंघन गरेको आरोप लगाइएको छन। 

Read More