नबिल बैंकले गर्याे एकै दिन ८ नयाँ शाखाहरुको उद्घाटन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकले गर्याे एकै दिन ८ नयाँ शाखाहरुको उद्घाटन

नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका १५ को भागवान पाउ (डल्लु), इलामको, इलाम नगरपालिका, काठमाडौं कागेश्वरी मनोहरा वडा ६ को मुलपानी, ललितपुर महानगरपालिका १६ को मंगलबजार, झापा कनकाई नगरपालिका ३ को, सुरुङ्गा, काठमाडौं शंखरापुर नगरपालिका ७ को, साँखु, झापा मेची नगरपालिका ६ को काँकडभिट्टा, चितवन राप्ती नगरपालिका ५ को भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो ।

उपत्यका भित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितीका अध्यक्ष उपेन्द्र पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा साँखु शाखा, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौडेल तथा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा मंगलबजार शाखा, कागेश्वरी मनोहरा वडा ६ का वडा अध्यक्ष प्रकाश फुयाँल तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले संयुक्त रुपमा मुलपानी शाखा तथा काठमाडौं महानगरपालिका वडा १५ डल्लुका वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका प्रमुख जोखिम अधिकृत नमिता दिक्षितले संयुक्त रुपमा भगवान पाउ (डल्लु) शाखा उद्घाटन गरेका थिए ।

त्यस्तै गरि उपत्यका बाहिरका शाखाहरुमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको उपस्थितीमा तीन शाखाहरु मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्र कुमार पोखरेलले सुरुङ्गा शाखाको र शनिबार इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरेका थिए । त्यसका साथै राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्ण दत्त भट्टराईले संयुक्त रुपमा भण्डारा शाखा उद्घाटन गरेका थिए ।

बैंकले आफ्नो दीर्घकालीन रणनीति अनुरुप शाखाहरू बिस्तार भएको र नयाँ बजारहरूमा आफ्नो उपस्थिती गराई स्थानीय बासिन्दा, व्यापारी र विद्यमान ग्राहकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । विभिन्न क्षेत्रका प्रमुख अतिथीहरुले कार्यक्रममा बोल्दै नबिल बैंकको शाखा विस्तार सँगै स्थानीय जनताहरुले बैंकका विभिन्न सेवा सुविधाहरु बिना झन्झट पाउने वातावरण बनाउन अनुरोधका साथै स्वागत गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले यी शाखाहरू मार्फत विस्तारित क्षेत्रहरूमा थप मानिसहरूलाई सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी व्यक्त गरेका थिए ।

बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा ८ नयाँ शाखाको उद्घाटन गरेको थियो । उद्घाटन गरिएका शाखा कार्यालयहरु देहाय बमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरुले आफुलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी विभिन्न बैंकिङ्ग सुविधा लिन सक्नुहुनेछ ।

आइतबार उद्घाटन भएका ८ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय २३३ पुगेको छ । नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न सदैब प्रतिबद्ध छ । विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्नेछ । मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल बैंक नबिलले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता गरेको छ । 

Read More