३८ हजारले लिए डलर कार्ड, साढे ७ करोड भुक्तानी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
३८ हजारले लिए डलर कार्ड, साढे ७ करोड भुक्तानी

 

सञ्चालनमा आएको करिब १५ महिनामा डलर कार्डमार्फत साढे ७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गत चैत, २०७७ मा एकीकृत निर्देशिका २०७६ संशोधन गर्दै बैंकहरुले प्रतिव्यक्ति ५०० डलरसम्मको डलर कार्ड जारी गर्न पाउने व्यवस्था गरेको थियो । सोही व्यवस्था बमोजिम २०७९ असार मसान्तसम्म ३८ हजार ६६ वटा डलर कार्ड जारी भएको राष्ट्र बैंकले जनाएको हो । 

जसमार्फत हालसम्म (२०७९ असार मसान्त) कुल ६१ लाख ३३ हजार डलर (करिब साढे ७ करोड रुपैयाँ) विभिन्न शीर्षकमा बाह्य भुक्तानी भएको केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पौडेलले रातोपाटीलाई जानकारी दिए । 
पौडेलका अनुसार असार मसान्तसम्म विभिन्न बैंकमार्फत ५०० डलरका ३८ हजार ६६ वटा डलर कार्ड जारी भएको र सो कार्डहरूमा कुल ९३ लाख ८५ हजार डलर (करिब सवा अर्ब रुपैयाँ) लोड भएको छ । जसमध्ये हालसम्म ६१ लाख ३३ हजार डलर खर्च (भुक्तानी) भएको छ ।

Read More