आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता, ग्राहकहरूले यस्तो लाभ लिन सक्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता, ग्राहकहरूले यस्तो लाभ लिन सक्ने

काठमाडौँ / आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । आफ्ना ग्राहकहरूलाई सहज र सरल सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले दुई कम्पनीबीच सम्झौत भएको हो ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरे । 

आइएमई जनरल इन्स्योरेन्सबाट ब्रान्डका सवारी साधनहरूको बीमा गरेका ग्राहकहरूले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंकको सहकार्यमा सेवा सुविधा लिन सक्ने गरी सेवाको शुभारम्भ गरिएको कम्पनीले जनाएको छ । 

सम्झौताअनुसार साइमेक्स इंकबाट बिक्री वितरण हुने बिवाईडी ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगदरहित दावी भुक्तानी प्रदान गरिनेछ । 

Read More
  • MBL - below news