नबिल र युनिलिभर बीच Channel Financing का लागि सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल र युनिलिभर बीच Channel Financing का लागि सम्झौता

काठमाडौं – नबिल बैंक र युनिलिभर नेपाल बीच Channel Financing सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना ज्यू र युनिलिभर नेपाल लि. का तर्फबाट प्रबन्धक निर्देशक, श्री अमलान मुखरजी ज्यू ले भाद्र २० गते नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्य ज्यू र एस.एम.ई तथा लघुवित्तका प्रमुख श्री निरज बस्नेत (डनिल) ज्यू का साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थितिमा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सम्झौता हस्ताक्षर सगै युनिलिभर नेपाल लि. ले आफ्ना तीन जना वितरकहरुलाई Channel Financing सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।

यस अन्तर्गत युनिलिभर नेपाल लि. सँग आबद्ध व्यवसायीहरुले Channel Partner को रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरुबाट Channel Financing कर्जा उपभोग गर्न पाउने छन् । Channel Financing का प्रमुख आर्कषण अन्तर्गत Channel Principal ले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ ।

युनिलिभर नेपाल लि. सँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गाना ज्यूले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पँुजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ Channel Financing सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराउनु भयो ।

Read More