क्रेडिट कार्डको प्रयोग बढ्दो, बैंकहरुले दिए साढे ३ अर्ब कर्जा, नबिल बैंकको सबैभन्दा धेरै, ४ बैंकको छैन लगानी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्रेडिट कार्डको प्रयोग बढ्दो, बैंकहरुले दिए साढे ३ अर्ब कर्जा, नबिल बैंकको सबैभन्दा धेरै, ४ बैंकको छैन लगानी

बैंकहरुले क्रेडिट कार्ड मार्फत साढे ३ अर्ब रुपैयाँ कर्जा दिएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत असारसम्ममा बैंकहरुले ३ अर्ब ५२ करोड रुपैयाँ कर्जा दिएका हुन्।

पछिल्लाे समय क्रेडिट कार्ड मार्फत पनि बैंकहरुले कर्जा बढाउँदै लगेका छन् । क्रेडिट कार्ड भनेको ग्राहकको बैंक खातामा पैसा नभएतापनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधा सहितको कार्ड हो । यस्तो कार्डबाट खर्च भएको रकम कार्डधारकले निश्चित समय पश्चात सम्बन्धित बैंक वा वित्तीय संस्थालाई तोकिएको शूल्क सहित बुझाउनु पर्दछ ।

 

पछिल्लो समय क्रेडिट कार्डको प्रयोग बढ्दो देखिएको छ। हरेक वर्ष क्रेडिट कार्डमा बैंकहरुको कर्जा बढ्दो छ। हरेक क्षेत्रमा क्रेडिट कार्डबाटै भुक्तानी गर्न पाइने भएपछि यसको प्रयोग बढेको छ। आफ्ना खातामा पैसा नभए पनि ग्राहकले निश्चित सिमासम्म बस्तु तथा तथा सेवा खरिदको भुक्तानी गर्न सक्छन्। बैंकहरुले विना धितो क्रेडिट कार्ड मार्फत ग्राहकलाई कर्जा दिने गर्छन्।

पछिल्लो केहि वर्षको तथ्याँक हेर्दा क्रेडिट कार्डबाट हुने भुक्तानी बढेको छ जसले गर्दा यसमा बैंकहरुको कर्जा पनि बढ्दै गएको छ। आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ६७ करोड रुपैयाँ कर्जा दिएका बैंकले २०७६/७७ मा १ अर्ब ७४ करोड, २०७७/७८ मा २ अर्ब १५ करोड र गत आर्थिक वर्षसम्ममा ३ अर्ब ५२ करोड रुपैयाँ कर्जा दिएका छन्।

अहिले नगद कारोबार भन्दा पनि क्रेडिट, डेविट कार्ड, क्युआर कोर्डलगायतका माध्यमबाट हुने भुक्तानी बढ्दो छ। राष्ट्र बैंकको तथ्याँकले क्रेडिट कार्डबाट हुने भुक्तानी पनि बढ्दै गएको देखाउछ।

असार सम्ममा क्रेडिट कार्डको प्रयोगकर्ताको सँख्या २ लाख ३८ हजार ७९४ पुगेका छन्। गत असार महिनामा मात्रै क्रेडिट कार्ड मार्फत २ लाख २७ हजार ९२० वटा कारोबारबाट १ अर्ब ४९ करोड रुपैयाँ भुक्तानी भएको छ।

  • क्रेडिट कार्डमा नबिल बैंकको सबैभन्दा धेरै लगानी

असारसम्ममा नबिल बैंकले क्रेडिट कार्ड मार्फत सबैभन्दा धेरै कर्जा लगानी गरेको छ। बैंकले क्रेडिट कार्ड मार्फत ६७ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ भने स्ट्यान्डर्ड चाटर्ड बैंकले ३८ करोड २८ लाख, सिद्धार्थ बैंकले ३६ करोड र ग्लोबल आइएमई बैंकले ३१ करोड रुपैयाँ लगानी गरेको छ।

Read More