खलङ्गा / नेपाल बैङ्कर्स संघ, कर्णाली प्रदेश समितिले वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । समितिले भदौ २१ गते जाजरकोट, खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल बैङ्कर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राजन कुमार पोखरेलको अध्यक्षता सम्पन्न सो कार्यक्रममा गणेश प्रसाद सिंह, नेपाल राष्ट्र बैङ्क कर्णाली प्रदेश प्रमुख विनय सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, बीमा समिति कर्णाली कार्यालय प्रमुख पदम सोडारी, बैङ्कका प्रतिनिधिहरू र स्थानीयहरूको उपस्थिती रहेको थियो ।








