भक्तपुर सल्लाघारी चोकबाट साढे किलोमिटर दुरीमा पर्छ दुवाकोट। चाँगुनारायण नगरपालिकाको काठ क्षेत्रमा पर्ने यो ठाउँ नवसहरका रूपमा विकास भइरहेको छ। सर्वसुलभ सार्वजनिक सवारीसाधनको अभावमा यहाँका बस्ती भने दुरदराजका विकट बस्तीजस्तै छन्।
सवारी साधनका लागि केही हदसम्म अपायक मानिने यहाँका बस्तीमा सरसामान किन्दा नगद बोकर हिँड्नुपर्ने अवस्थाको भने अन्त्य हुँदै गइरहेको छ।
यहाँका तरकारी, मासु, खेलौना, किराना पसलदेखि मार्टसम्म 'क्युआर कोड' बाट किनमेल गर्न सकिन्छ। योसँगै नगद बोक्नुपर्ने बाध्यता हट्दै गइरहेको स्थानीयहरू बताउँछन्।





