भदौ २१, आयरल्यान्ड (डब्लिन) । बालबालिकाहरुको गोपनियता भंग गरेको मामिलामा आयरल्यान्डका नियामकहरुले इन्ष्टाग्रामलाई साढे ४० करोड यूरो जरीवाना तिराएका छन् ।
बालबालिकाहरुको डेटा विशेषगरी फोन नम्बर र इमेल ठेगानाको सार्वजनिक गरेको मामिलामा इन्ष्टाग्रामले लामो समयदेखि मुद्दा खेपिरहेको थियो । केही खातालाई प्रोफाइल भिजिट जस्ता विश्लेषणात्मक टूलमा पहुँचका लागि व्यवसायिक खातामा अपग्रेड गरिंदा डेटाहरु सर्वाजनिक भएका थियो । तर कम्पनीले यस्तो होला भन्ने महसुस नै गरेन ।
इन्ष्टाग्रामको मातृ कम्पनी मेटाले यो निर्णयको विरुद्धमा अदालतमा अपिल गर्ने योजना बनाएको छ । आयरल्यान्डको डेटा सुरक्षा आयोग (डीपीसी) ले कम्पनीमाथि लगाएको यो तेस्रो जरीवाना हो । आफूहरुले एक वर्ष अगाडि नै अपडेट गराएको सेटिङमा अनुसन्धान केन्द्रीत भएको र त्यसयता आफूहरुले किशोरकिशोरी र तिनीहरुका सूचनालाई गोप्य राख्न कयौं नयाँ फिचरहरु ल्याइसकेको मेटाका अधिकारीले बताएका छन् ।





