ट्विटरमा १० मध्ये ८ खाता नक्कली, साइबर सुरक्षा कम्पनी एफ-५ को दाबी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ट्विटरमा १० मध्ये ८ खाता नक्कली, साइबर सुरक्षा कम्पनी एफ-५ को दाबी

भदौ १६, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरका हरेक १० मध्ये ८ ओटाभन्दा धेरै खाता नक्कली रहेको खुलासा भएको छ ।

हालै एक शीर्ष साइबर सुरक्षा विज्ञले ट्विटरमा ८० प्रतिशतभन्दा खाता नक्कली भएको बताएपछि बिहीवार अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला र अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सका सीईओ एलन मस्कले पुनः ट्विटरका सीईओ पराग अग्रवालको खेदो खनेका थिए ।

साइबर सुरक्षा कम्पनी एफ-५ का इन्टेलिजेन्स् ग्लोबल हेड ड्यान वूड्जले कम्पनीका ८० प्रतिशत भन्दा धेरै खाता बोट (झुठा र नक्कली) हुन सक्ने बताएको भन्दै द अष्ट्रेलियनले समाचारमा भनेको छ । यो कम्पनीले दाबी गरेको भन्दा निकै धेरै हो । ट्विटरका अनुसार ५ प्रतिशत खाताहरु मत्रै स्पाम वा बोट खाता छन् ।

मस्कले भने यो संख्या धेरै हुन सक्ने भन्दै ४४ अर्ब डलरमा ट्विटर किन्ने सम्झौता भंग गरेका थिए । बोट ५ प्रतिशतभन्दा निकै धेरै छ भन्दै समाचारलाई ट्याग गरेर मस्कले ट्विट गरेका छन् । प्रति बोट जिरो डलरमा सम्झौता काइदा हुने भन्दै मस्कले अग्रवाललाई जिस्काउँदै अर्को ट्विटमा भनेका थिए । मस्कले एकलौटी रुपमा सम्झौता रद्द गरेपछि कम्पनीले मस्कसँगको सम्झौता जसरी भएपनि पूरा गराइदिन भन्दै अदालतमा पुगेको छ । मस्कले पनि कम्पनीविरुद्ध  प्रतिदाबी हालेका छ ।

Read More