इन्टरनेटको युगमा हुलाकको सान्दर्भिकता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इन्टरनेटको युगमा हुलाकको सान्दर्भिकता

विश्वमा सञ्चारमाध्यममा सबैभन्दा पहिले हुलाक सेवाको सुरुवात भएको इतिहास छ । यसरी सञ्चारको औपचारिक सुरुवात हुलाकबाट भएको थियो । पहिले हालखबरको समाचार एक ठाउँबाट अर्को ठाउँमा खबर आदानप्रदान गर्ने चिठीपत्रको प्रयोगलाई हुलाकले व्यवस्थित गर्ने प्रचलन थियो । यसै सन्दर्भमा हुलाकभन्दा अगाडि सूचनाको माध्यममा घोडा, परेवा, पशुपन्छीहरूजस्ताबाट सञ्चारको कार्य गर्ने प्रचलन रहेको किंवदन्ती छ । फलत: इन्टरनेटकै कारणले गर्दा आज विश्वको आयतन साँघुरिएको छ । हाल आएर संसारकै एक कुनादेखि अर्को कुनासम्म सञ्चारमाध्यमहरू सहज भएको छ । यी प्रविधिको कारणले गर्दा सम्भावनाका अनेक द्वारहरू खुलेका छन् । तसर्थ दैनिक जीवनयापनदेखि वित्तीय अभ्यास र राजनीतिक वृत्तमा समेत इन्टरनेटले खेलेको भूमिकालाई सीमित शब्दले व्याख्या गर्न असम्भव प्राय: भएको छ । यसरी विद्युत् चुम्बकीय तरंगमार्फत संसारभर छरिएका सूचनाहरू र हातहातमा बोक्न मिल्ने ल्यापटप र मोबाइलजस्ता उपकरणहरूले इन्टरनेटको साम्राज्य निर्माण गरेको छ । अब इन्टरनेटबिनाको संसार अकल्पनीय भइसकेको छ । यसर्थ महिनौं लगाएर आउने चिठीपत्रको प्रतीक्षामा बस्ने पुस्ता आफ्नो जीवनको उत्तराद्र्धमा परदेश बस्ने नातिसँग भिडियो च्याट गर्ने भएको छ । मूलत: इन्टरनेटकै माध्यमबाट सूचना आज सर्वव्यापी भएको छ । संसारको जुनसुकै कुनामा भएका घटनाको सूचना आज मिनेटभरमा संसारभर फैलिन थालेको छ । कुनै पनि घटनाप्रति इन्टरनेटकै माध्यमबाट दिइने प्रतिव्रिmयाहरूले निकै चर्को दबाब सिर्जना गर्न थालेका छन् ।

Read More