महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती वितरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती वितरण

काठमाडौँ / महालक्ष्मी विकास बैँकले लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती वितरण गरेको छ । 

बैँकले श्री नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा आठमा अध्यनरत छात्र सन्तोष कुमार मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती प्रदान गरेको हो । 

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले कक्षा आठमा पढ्ने छात्र मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती प्रदान गरेको हो । 

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती उनका सुपुत्र, यस बैंकका संस्थापक तथा मनकामना दर्शन प्रा. लि. का सञ्चालक राजेश बाबु श्रेष्ठले सन्तोष कुमार मण्डललाई हस्तान्तरण गरेका हुन् । 

Read More
  • MBL - below news