नबिल बैंकले न्युरोडस्थित बेसमेन्टमा राखेको शाखा कार्यालय हटायो


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकले न्युरोडस्थित बेसमेन्टमा राखेको शाखा कार्यालय हटायो

न्युरोडमा आइतबार अनुगमन गर्ने क्रममा बैंकले समानहरू हटाएर बेसमेन्ट खाली गराएको मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको छ । शाहका स्वकीय सचिव भुपदेव शाहले नबिल बैंकले सामानहरू हटाएको जानकारी दिए ।

वसन्तपुरस्थित सुरज आर्केडको संरचनाहरू पनि हटाइएको छ । बिरा कम्प्लेक्समा पनि बेसमेन्ट पार्किङ गर्नुपर्ने स्थानमा पसलहरू सञ्चालन गरेको भन्दै हटाउन निर्देशन दिइएको छ ।

महानगरले संरचना हटाउँदा रहेका भग्नावेश तथा अन्य भौतिक निर्माण सामग्री हटाउने जिम्मेवारी सम्बन्धित घरधनी कै रहेको जनाएको छ ।

यसैबीच न्युरोडमा सञ्चय कोषले नक्सा पास बिना नै बनाएको काठमाडौं मलको विषयमा महानगरमा छलफल भएको छ । महानगरले कोषलाई प्रक्रियागत रुपमा आउन आग्रह गर्दै जरिवानासहित नक्सा पास गर्न भनेको शाहले जानकारी दिए ।

Read More