एनसिसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख श्री चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडको तर्फबाट उप–निर्देशक श्री दिपक कुमार गौतमले हस्ताक्षर गरेका गर्नुभएको हो ।
सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा Cabin (Deluxe) मा २५ प्रतिशत, Cabin (Normal) and whole body check up मा २० प्रतिशत, operation charge (O.T) मा १५ प्रतिशत,CT Scan, X-ray, USG (Ultra Sound), ECHO, Endoscopy, ICU/NICU, Post up, Dental and ambulance मा १० प्रतिशत र pathology and pharmacy (medicine) मा ५ प्रतिशत सम्म छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । विगत २५ वर्ष देखि ग्राहकहरु माझ सरल, सहज र भरपर्दो तथा विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्दै आइराखेको एनसिसी बैंक सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ।









