'नेपाल पे क्युआर' मार्फत मासिक एक करोड ५० लाखको कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
'नेपाल पे क्युआर' मार्फत मासिक एक करोड ५० लाखको कारोबार

गत असार तथा साउन महिनामा नेपाल पे क्युआरको प्रतिमहिना कारोबार एक करोड ५० लाख पुगेको छ। 

विभिन्न बैंक वित्तीय संस्थाहरू तथा भुक्तानी सेवा प्रदायकहरूमार्फत नेपाल पे क्युआरमा भुक्तानी प्राप्त गर्न विभिन्न मर्चेन्टहरूलाई इन्रोल गर्ने कार्यको पनि थालनी भइसकेको बताइएको छ ।

हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, वालेटको एप तथा कनेक्ट आइपिएस मोबाइल एपमार्फत नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार उक्त सुविधा एभरेस्ट बैंक (ईबीएल टच२४), हिमालयन बैंक (एचआई–एमबी), माछापुच्छ्रे बैंक (एमबीएल एम–स्मार्ट), मेगा बैंक (मेगा स्मार्ट बैंकिङ), एनआईसी एसिया (एमओ बैंक), सानिमा बैंक (सजिलो ई–बैंकिङ), सनराइज बैंक (स्मार्ट प्लस), कामना सेवा विकास बैंक (केएस आई मोबाइल), गुडविल फाइनान्स (गुडविल फाइनान्स स्मार्ट), आईसीएफसी फाइनान्स (आईसीएफसी फाइनान्स स्मार्ट), समृद्धि फाइनान्स (एमबैंक), सेलकोम प्रालि (सेल पे) गरी ११ वटा मोबाइल बैंकिङ एप, एक वालेट तथा कनेक्ट आइपीएस मोबाइल एपमा उपलब्ध रहेको छ ।

Read More