काठमाडौं । शेयर भर्दा लाग्ने शुल्क (सीआश्वा) कडाइसँगै बैंकहरुले उक्त सेवा निःशुल्क गर्न थालेका छन् । नेपाल धितोपत्र बोर्डले उक्त सेवामा लाग्दै आएको अधिकतम मूल्यलाई ९५ प्रतिशत घटाएर ५ रुपैयाँ कायम गरेसँगै बैंकहरुले यस्तो सेवा निःशुल्क गर्न थालेका हुन् ।
बोर्डले धितोपत्र सार्वजनिक निष्कासन निर्देशिका जारी गर्दै यस्तो शुल्क अधिकतम ५ रुपैयाँ कायम गरेको थियो । यसरी शुल्क लिँदा समेत १ रुपैयाँ बिक्री प्रबन्धक र १ रुपैयाँ सीडीएसलाई दिनुपर्ने व्यवस्था भएसँगै बैंकहरुले ३ रुपैयाँ मात्रै शुल्क लिन पाउने अवस्था थियो ।








