ट्वीटरमा पडकास्ट समावेश


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ट्वीटरमा पडकास्ट समावेश

काठमाडौँ — ट्वीटरमा अब पडकास्ट सुन्न पाइने भएको छ । यसले स्पेस ट्याबमा पडकास्ट पनि समावेश गर्न लागेको छ । योसँगै माइक्रोब्लगिङ साइट ट्वीटर पडकास्ट एपसमेत बनेको छ । ट्वीटरको स्पेस ट्याबमा हाल प्रयोगकर्ताहरूले लाइभ अडियो संवाद गर्दै आएका थिए । अब यसमा रेकर्डेड र लाइभ संवादका साथै पडकास्ट समावेश हुन लागेको छ । यसबारे ट्वीटरले बिहिबार साँझ जानकारी दिएको थियो । स्पेस ट्याबलाई पुनः निर्माण गरेर यसमा नयाँ फिचर राख्न लागिएको छ ।

तुरुन्तै लागू गरिने भनिएको यो फिचरमा सुरुमा अंग्रेजी भाषाका पडकास्ट मात्रै उपलब्ध हुनेछन् । ट्वीटर र पडकास्ट एक–अर्कालाई सुहाउँदो हुने अपेक्षा गरिएको छ । कम्पनीका सिनियर प्रोडक्ट म्यानेजर इभान जोन्सका अनुसार ट्वीटरका ४५ प्रतिशत प्रयोगकर्ता पडकास्टका स्रोता हुन् । ट्वीटर समाचारमुखी भएकाले यसमा पडकास्ट उपलब्ध हुनु अर्थपूर्ण हुने बताइन्छ ।

Read More