खप्तड लघुवित्तको आइपीओ झन्डै १२ लाखले भरे, कति कित्ताका लागि पर्यो आवेदन ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
खप्तड लघुवित्तको आइपीओ झन्डै १२ लाखले भरे, कति कित्ताका लागि पर्यो आवेदन ?

काठमाडौं : खप्तड लघुवित्तको आइपीओमा १ अर्ब ३२ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार दिउँसो १ः३२ बजेसम्ममा ११ लाख ८४ हजार ८२६ जनाले १ करोड ३२ लाख ४६ हजार ५८० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १०७.३४ गुणा बढी आवेदन हो । कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला हो । 

यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Read More
  • MBL - below news