काठमाडौं : प्रभु क्यापिटलको १४ औं वार्षिक साधारण सभा भदौ ३१ गते हुने भएको छ । सभामा प्रभुले ९% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । कम्पनीले गत वर्षको नाफाबाट यो नगद लाभांश वितरण गर्न लागेको हो । सभा होटल एल्फट, छाँया सेन्टर ठमेल काठमाडौमा दिउँसो १२.३० बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।






