भदौ १५ गतेदेखि एकिकृत कारोबार सुरु गर्दै मिर्मिरे र बुद्धज्योति लघुवित्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भदौ १५ गतेदेखि एकिकृत कारोबार सुरु गर्दै मिर्मिरे र बुद्धज्योति लघुवित्त

मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्। मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई एक्वायर गरेपश्चात एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

 

यी दुई लघुवित्तले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन्। असार ३१ गते सम्पन्न यी दुबै लघुवित्तको विशेष साधारण सभाले सो एक्विजिशनको प्रस्ताव पारित गरेको थियो। एक्विजिशनको लागि भदौ ६ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ ९ गते अन्तिम स्वीकृती दिएको थियो।

प्राप्तीपश्चात बन्ने मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय साविककै बनेपा नगरपालिका वडा नं. ८, बनेपाबजार, काभ्रेपलान्चोकमा नै रहनेछ।

Read More
  • MBL - below news