सिभिल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरुलाई काठमाडौंको पुतलीसडकस्थित Capital Hospital & Research Center Pvt.Ltd. मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख सुरज दाहाल र Capital Hospital & Research Center Pvt.Ltd. पुतलीसडक काठमाडौंको तर्फबाट प्रबन्ध निर्देशक अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा सिभिल बैकं लिमिटेडको प्रधान कार्यालयका Manager-Transaction Banking कास्येप मानन्धर र असन शाखाका प्रमुख रजल बज्राचार्यको समेत उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैकीङ्ग प्रयोगकर्ताले उक्त Capital Hospital & Research Center Pvt.Ltd. मा, Orthopedic (Operation/ Procedure Charges), General Surgery (Operation/ Procedure Charges), Physiotherapy, Pharmacy, Bed Charge मा १० प्रतिशत, Ultra Sound, Laboratory Service (For All Available Tests), MRI मा १५ प्रतिशत, X Ray, Skin Disease and Cosmetic Procedures मा २० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन ।








