सानिमा बैंकले उठाएको गैरकानुनी सि-आश्वा शुल्क फिर्ता हुने, सीइओ भन्छन्- ‘गल्ती भयो, सबैको पैसा रिफण्ड गर्छौँ’


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकले उठाएको गैरकानुनी सि-आश्वा शुल्क फिर्ता हुने, सीइओ भन्छन्- ‘गल्ती भयो, सबैको पैसा रिफण्ड गर्छौँ’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको निर्देशन विपरित सानिमा बैंकले असुलेको गैरकानुनी आश्वा शुल्क बैंकले फिर्ता गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ५ रुपैयाँ भन्दा बढी आश्वा शुल्क उठाउन नपाइने निर्णय गरी सम्बन्धित सबै बैंकलाई जानकारी गराउँदा पनि सो निर्देशनलाई अटेर गरी सानिमा बैंकले २० रुपैयाँ आश्वा शुल्क उठाएको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि सानिमा बैंकले सो गैरकानुनी असुली फिर्ता गर्ने बताएको हो ।

नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले सी–आस्वा शुल्क बढीमा ५ रुपैयाँ कायम गरेको छ । यो निर्णय मंगलबारदेखि नै कार्यान्वयनमा आएको भए पनि सानिमा बैंकले भने बुधबार सि-आश्वा शुल्कवापत २० रुपैयाँ असुल गरेको पाइएको थियो ।

Read More
  • MBL - below news