नबिल बैंकको भवनमा बनाइएको अवैध संरचना हटाउन बालेनको निर्देशन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकको भवनमा बनाइएको अवैध संरचना हटाउन बालेनको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाहले नबिल बैंकको भवनमा निर्माण गरिएको अवैध संरचना हटाउन निर्देशन दिएका छन् । बुधबार नक्सा पास बिनै निर्माण गरिएका संरचना भत्काउने अभियानमा रहेका शाहले न्युरोडस्थित बैंकको भवनमा अनधिकृत रुपमा बनाइएको भवन भत्काउन निर्देशन दिएका हुन् ।

बैंकको उक्त भवनको बेसमेन्टमा बनेका संरचना हटाउन निर्देशन दिइएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । महनगरपालिकाभित्र बनेको अनधिकृत संरचना हटाउनका लागि साउनको पहिलो साता नै सूचना जारी गरेको थियो । अनुगमका क्रममा बैंकको सो भवनमा नक्सा प्रयोजन विपरित संरचना निर्माण गरिएको पाइएपछि महानगरपालिकाले संरचना हटाउन निर्देशन दिएको हो ।

Read More