नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई 'नबिल जेन अल्फा'को ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ।
नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरू र अभिभावकहरूलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो।
अभिभावकहरूले यस एप मार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्ने बैंकले बताएको छ।




