लुम्बिनी विकास बैंकको इनरुवा शाखा स्थानान्तरण, ग्राहकलाई अझै सहज हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकको इनरुवा शाखा स्थानान्तरण, ग्राहकलाई अझै सहज हुने

काठमाडौं / लुम्बिनी विकास बैंक लिमिटेडले इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेको जनाएको छ ।  

बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले  यहि  भदौ ५ गतेदेखि शाखा स्तान्तरण गरेको जनाएको छ ।  

साबिकको इनरुवा शाखा भन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो । 

उक्त शाखा सुनसरी जिल्ला, इनरुवा नगरपालिका वडा नं. १, देवानगन्ज रोड स्थित गोलचोकमा स्थानान्तरण भएको छ ।

यस विकास बैंकको स्थानान्तरीत इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गरे । 
यसैगरी कार्यक्रममा इनरुवा नगरपालिका वार्ड नं. १ का वडा अध्यक्ष श्री प्रमोद पोखरेल, सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र शाह तथा उपाध्यक्ष गिरीराज अटलको पनि उपस्थिती रहेको थियो साथै बैंककोतर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल लगायत बैैकका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

Read More
  • MBL - below news