काठमाडौं । नेपालमा पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग तथा आकर्षण ह्वात्तै बढिरहेको छ । हरेकजसो बैंकले सेवाग्राहीलाई आप्mना सेवाहरू सरल तरिकाले उपलब्ध गराउन छुट्टाछुट्टै एप निर्माण गरी बैंकिङ सेवा दिने गरेका छन् ।
जसका कारण हरेक बैंकिङ सेवाग्राहीहरूको हात हातमा यसको सुविधा पुगेपछि यसबाट हुने भुक्तानी पनि उल्लेख्य हुने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षभरि मोबाइल बैंकिङबाट मात्रै १२ खर्ब १० अर्ब १३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउन १ गतेदेखि असार मसान्तसम्म मोबाइल बैंकिङ सेवाको प्रयोग गरी सेवाग्राहीले उक्त भुक्तानी गरेका हुन् ।
यस अवधिमा मोबाइल बैंकिङबाट १८ करोड १५ लाख ४५ हजारपटक भुक्तानी भएको देखिन्छ । १ वर्षमा मोबाइल बैंकिङमार्फत भएको झुक्तानीलाई महिनागत तुलनामा हेर्दा सबैभन्दा बढी भुक्तानी असार महिनामा भएको देखिन्छ । ...





