काठमाडौँ / नबिल बैंक लिमिटेडले नेपालमा पहिलो पटक घरमै बसीबसी बिना धितो लोन दिने भएको छ । बैंकले आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको हो ।
‘नबिल फोनलोन - क्यू आर मर्चेन्ट’नामको सेवाको सुरुवात्सँगै क्यूआर मर्चेन्टले घरमा बसीबसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिंङमार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् ।
नबिल बैंकले युएनसिडिएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरूलाई लक्षित गरि यो सुविधा ल्याएको हो ।
सो सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरूले नबिलको क्यू आर मर्चेन्ट एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैकिंङ लिनुपर्नेछ । त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यू आर कारोबारबाट रु १० हजार बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ ।




