लाभांश वितरणका लागि लक्ष्मी क्यापिटलका २ म्युचुअल फण्डको बुक क्लोज मिति तय


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लाभांश वितरणका लागि लक्ष्मी क्यापिटलका २ म्युचुअल फण्डको बुक क्लोज मिति तय

लक्ष्मी क्यापिटलले संचालन गरेको २ म्युचुअल फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेका छन् । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोष र क्ष्मी इक्विटी फण्डले बुक क्लोज मिति घोषणा गरेका हुन् ।

दुवै म्युचुअल फण्डले लाभांश वितरणको लागि भदौ ७ गते बुक क्लोज मिति गरेका हुन् । भदौ ६ गतेसम्म  कायम इकाईधनीले फण्डले वितरण गर्ने लाभांश पाउन सक्ने छन् । 

 क्यापिटलको साउन १६ गते बसेको संचालक समितिको ७५ औं बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।

Read More