एउटा बैंकले कोर बैंकिङ सफ्टवेयरको मात्रै ५ देखि ७ करोड विदेश पठाउँछ : चिरञ्जीवी अधिकारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एउटा बैंकले कोर बैंकिङ सफ्टवेयरको मात्रै ५ देखि ७ करोड विदेश पठाउँछ : चिरञ्जीवी अधिकारी

 विदेशी सफ्टवेयरबाट नेपाली डेटा सुरक्षित छैनन् । नेपाल जस्तो देशले विदेशबाटै निर्मित हार्डवेयरका साथसाथै सफ्टवेयर समेत प्रयोग गर्दा सामाजिकसँगै वित्तीय चुनौतीको सामना गर्नु परिरहेको छ ।

नेपाली बैंकहरुले अधिकांश त्यो पनि अत्यन्त संवेदनशील भनिएका सफ्टवेयरहरू समेत विदेशी प्रयोग गरिरहेका छन् । बैंकहरुको आईटी सफ्टवेयरहरू प्रायः सबै विदेशी प्रयोग भइरहेका छन् । कुनै समस्या आयो कि त भारतबाट कि त अन्य मुलुकहरूबाट समाधान गर्नु परिरहेको छ । तर, हामी यसको संवेदनशीलताको विषयमा सोचेका छैनौं ।

यस्तो सफ्टवेयरहरू अब नेपालीहरुले बनाउनुपर्ने र राज्यले पनि स्वदेशी सफ्टवेयरहरूलाई प्राथमिकता दिनुपर्ने छ । अहिले हाम्रो देशबाट आईटीका लागि मात्रै वार्षिक ३ अर्ब हाराहारीमा रकम बाहिरिने गरेको छ । धेरै बैंकहरुले विदेशी कम्पनीको सफ्टवेयर प्रयोग गर्छन् । एउटा बैंकले कोर बैंकिङ सफ्टवेयरको मात्रै ५ देखि ७ करोड रुपैयाँसम्म विदेश पठाउँछन् ।

Read More