शेयरधनीलाई ५ वर्षभन्दा पुरानो नगद लाभांश लिन नबिल बैंकको अनुरोध


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शेयरधनीलाई ५ वर्षभन्दा पुरानो नगद लाभांश  लिन नबिल बैंकको अनुरोध

साउन २९, काठमाडौं । नबिल बैंक (साविक नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्स) ले शेयरधनीलाई एक महिनाभित्र ५ वर्ष पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । कतिपय शेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले एक महिनाको समय अवधि तोकेर लिन अनुरोध हो ।

शेयरधनीहरूले शेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश लिन सक्नेछन् । साथै तोकिएको समयभित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले जानकारी गराएको छ । नगद लाभांश लिन जाँदा शेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लैजानुपर्नेछ  ।

Read More