ग्लोबल इक्विटी फण्डलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्लोबल इक्विटी फण्डलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान

नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फण्ड लिमिटेडलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरेको छ । बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम अनुमति प्रदान गरेको हो ।

 

कम्पनीलाई अनुमतिपत्र प्रदान गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले कम्पनीको सफलताको शुभकामना दिदै कम्पनीका सम्वद्धपक्षलाई व्यवसायिक र सुशासित रुपमा कार्य संचालन गर्न निर्देशन दिए ।

नवीनतम ज्ञान, सीपरक्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न र यस्ता नयाँ व्यवसायहरु शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरणमार्फत लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्नेछ ।

Read More
  • MBL - below news