नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क रुपमा उपचार गरिरहेको छ । सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ५० हजार रुपैयाँ नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा। बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गर्नुभएको हो ।








