काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) बाट २ करोड अमेरिकी इत्तर विदेशी ऋण प्राप्त गरेको छ। बैंकले बुधबार पत्रकार सम्मेलन मार्फत एमएसएमई सेक्टर का लागि लगानी गर्न आइएफसी बाट २ करोड अमेरिकी इत्तर विदेशी ऋण पाएको जनाएको हो ।
तरलता अभावलाई मध्य नजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैकले आइएफसीसंग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात् उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैकहरुको पंक्तिमा आफूलाई उभ्याएको बैंकले जनाएको छ ।
आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस फइज्यूबाट सन्देश प्राप्त भएको अनुसार “सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको छ । लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउनेछ साथै, नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुयाउनेछ । आइएफसीले नेपालमा एसएमई इकोसिस्टम को विकास गर्न सानिमा बैंकको दृढ प्रतिबद्धताको कदर गर्दै दीर्घकालीन साझेदारीका लागि तत्पर रहनेछ ।” ...








