काठमाडौँ । प्रभु क्यापिटलले ‘आशा’ नामको जनचेतनामूलक भिडियो सावर्जनिक गरेको छ । बालबालिकाहरुको उज्जवल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथ बालदिवसको शुभ अवसर पारेर ‘प्रभु लिटिल च्याम्प्स पिएमएस’ योजना शुरुवात गरेको हो ।
यसै विषयलाई लिएर हाल यस भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकर्ताहरुले, जसले प्रभु क्यापिटलको पिएमएसबाट सेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेका छन् र प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिदै गएको जानकारी दिएको छ ।
यस भिडियोमा व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको प्रभु क्यापिटलले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्जवल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्छन् भन्ने जानकारी दिएको छ ।






