काठमाडौँ / सिभिल बैंक लिमिटेडले अबथ प २९ ओटा साझेदारीमार्फत विशेष छुट व्यवस्था गरेको जनाएको छ । बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै थप साझेदारहरूमार्फत विशेष छुटको व्यवस्था गरिएको जानकारी दिएको हो ।
बैंकले सम्झौता गरका विभिन्न कम्पनीहरूबाट बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट – मोवाइल बैंकिङ्ग एप’ अथवा एटिएम कार्डको प्रयोग गरी भुक्तानी गरी छुट लिन सकिनेछ ।
बैंकका अनुसार रोनिक प्यालोजी, लखनखेल होटल ट्रेडिङ, सत्कार होटल एण्ड स्पा, पाँचथर अप्टिकल एण्ड मोवाइल हाउस, गण्डकी भान्सा एण्ड रेष्टुरेन्ट, भोले बाबा काठ फर्निचर उद्योग, नान्स होटल, गणपति होटल एण्ड रिर्सोट, लेट मि इन, मास्के ग्रोसरी मार्ट, मास्के सेन्ट्रल हस्पिटल, संवेदन ट्रेड लिंक, होटल झिनेवा एण्ड राप्ति भ्युज, हेयर एण्ड शान्ति र वी केयर हेल्थ सेन्टरमा छुटको व्यवस्था रहेको जानकारी दिएको छ ।








