काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार मुलुकभर ७ सय ४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा ७ सय ४८ जना लाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिएका छन् ।
आइएमई लाइफ इन्स्योरेन्सका काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगञ्ज र गोंगबु, गट्ठाघर लगायतका शाखाका कार्यालयमा अभिकर्ताहरुलाई तालिम दिइएको थियो । त्यस्तै उपत्यका बाहिर बिर्तामोड, बिराटनगर, ईटहरी, धरान, मिर्चैया, बीरगञ्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गीया, खजुरा , राप्ती सोनारी, भैरहवा, नेपालगन्ज, बाँसगढी, गुलरिया, लम्की, भुरीगाँउ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुर्नबास, महेन्द्रनगर लगायतका स्थानहरुमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।








