स्वनियमनमा जाँदै सामाजिक सञ्जाल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्वनियमनमा जाँदै सामाजिक सञ्जाल

काठमाडौँ — मेटा (फेसबुक र इन्स्टाग्राम), गुगल (युट्युब), टिकटक, अमेजन (ट्वीच) र ट्वीटरले स्वनियमनका लागि न्युजिल्यान्डको आचारसंहितामा हस्ताक्षर गरेका छन् । त्यहाँको नेटसेफ नामक समूहले सरकार, सामाजिक सञ्जाल र अन्य सरोकारवालासँग मिलेर बनाएको आचारसंहिताले कम्पनीहरूलाई आफ्ना प्लेटफर्ममा हानिकारक सामग्री कम गर्न अनिवार्य गरेको छ ।

‘कोभिडका बेला सबैलाई आपसमा जोड्न डिजिटल प्लेटफर्महरू सफल भए । तर त्यो बेला हानिकारक सामग्रीहरूको प्रचार २५ प्रतिशतभन्दा धेरैले बढेको थियो,’ नेटसेफका प्रमुख कार्यकारी अधिकृत ब्रेन्ट क्यारीले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘धेरै मानिस अनलाइन धम्की, उत्पीडन र दुर्व्यवहारको सिकार भएका छन् । प्रयोगकर्तालाई सुरक्षित राख्न हामीले यो आचारसंहिता बनाएका हौं ।’ संहितामा सामाजिक सञ्जालहरूले गरेको सामूहिक र स्वैच्छिक प्रतिबद्धताहरूको रूपरेखा प्रस्तुत गरिएको छ । अब प्रत्येक कम्पनीले यो संहिताको पालना गर्दै आफ्नो प्रगतिको वार्षिक विवरण प्रकाशन गर्नुपर्नेछ । आफ्ना प्रतिबद्धता उल्लंघन गरे न्युजिल्यान्डमा कम्पनीहरूमाथि प्रतिबन्ध लगाइने कुरा संहितामा उल्लेख छ । तिनले सार्वजनिक गुनासाहरू निवारणको संयन्त्र पनि बनाउनुपर्ने भनिएको छ ।

Read More
  • MBL - below news