बर्ष दिनमै घटे ९ लाख थ्रिजी प्रयोगकर्ता, फोरजी चलाउने एक करोड ७६ लाख


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बर्ष दिनमै घटे ९ लाख थ्रिजी प्रयोगकर्ता, फोरजी चलाउने एक करोड ७६ लाख

नेपालमा टेलिकम कम्पनीहरुले चौथो पुस्ताको फोरजी प्रविधिका लागि पूर्वाधार थप्दै गएपनि फोरजीको पहुँच अपेक्षा अनुसार पुर्याउन नसकेको पाइएको छ । 

नेपाल दूरसञ्चार प्राधिरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार दुई ठूला मोबाइल सेवाप्रदायकले देशैभर फोरजी विस्तार गर्न नसकेको देखिएको हो ।

खासगरी, नेपालमा बढ्दै गएको फोरजीको पहुँचले तेस्रो पुस्ताको थ्रिजी प्रविधि फेजआउट हुँदै जानुपर्ने हो । तर, टेलिकम सेवाप्रदायक कम्पनीले समयमै देशैभर फोरजीको पहुँच नपुर्याएका कारण थ्रिजी प्रयोगकर्ता घट्न सकेका छैनन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सबै भन्दा ठूलाे बजार भएका नेपाल टेलिकम र एनसेल २०२१ भित्रै देशभर फोरजी विस्तार गरिसक्ने जनाएका थिए । प्राधिकरण आफैले पनि सन २०२१ भित्र फोरजीको विस्तार सकेर फाइबजी परिक्षण गर्ने बताएको थियो ।

अहिले नेपालमा उच्च हिमाली भेगमा फोरजीको पहुँच पुर्याउन टेलिकम कम्पनी असक्षम देखिएका छन् । करिब एक बर्ष अघि नै सक्नु पर्ने फोरजी विस्तारको काम अहिलेसम्म सकिएको छैन् ।

दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार एक बर्षमा थ्रिजी प्रयोगकर्ता ९ लाखले मात्रै घटेका छन् । जबकी नेपालका सबै ठाँउमा थ्रिजी प्रयोगकर्ता फोरजीमा रुपान्तरण हुनुपर्ने हो ।

गत बैशाखसम्मको रिपोर्ट अनुसार नेपालमा हाल फोरजी प्रयोगकर्ता एक करोड ७६ लाख पुगेका छन् ।

सबै ठाँउमा फोरजी विस्तार नभएकै कारण देशभर फोरजी सेवाबाट ग्राहक बञ्चित छन । मोबाइल ब्रोडव्यान्ड नेटवर्क अन्तर्गत थिजी सेवातर्फ नेपाल टेलिकमका ९४ लाख ग्राहक छन भने फोरजीमा २६ लाख ग्राहक रहेको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, एनसेलका २४ लाख थ्रिजी ग्राहक छन भने ४८ लाख ५ हजार जना फोरजी ग्राहक बनाएको छ । स्मार्ट टेलिकमको भने दुई लाख मात्रै फोरजी प्रयोगकर्ता छन । आर्थिक संकटका कारण स्मार्ट टेलिकमले केहि बर्षदेखि फोरजी ग्राहक थप्न सकेको छैन ।

Read More
  • MBL - below news