लक्ष्मी क्यापिटलका दुई योजनाले गरे लाभांश घोषणा


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लक्ष्मी क्यापिटलका दुई योजनाले गरे लाभांश घोषणा

लक्ष्मी क्यापिटलद्वारा सञ्चालित दुई वटा म्युचुअल फन्डहरूले लाभांश (प्रतिफल) घोषणा गरेका छन्। 

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश वितरण गर्ने भएका हुन्। 

दुवै क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले ५/५ प्रतिशतका दरले लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

क्यापिटलहरूले लाभांश वितरणका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेका छैनन्। बुक क्लोजको अघिल्लो दिनसम्म कायम इकाइधनीहरूले उक्त लाभांश पाउनेछन्।

Read More