तयारी नपुगेपछि बीमा समितिले एपीआई मोडल लागू गर्न सकेन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
तयारी नपुगेपछि बीमा समितिले एपीआई मोडल लागू गर्न सकेन

बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा साउनदेखि शुरु गर्ने भनेको एपीआई मोडल अझै लागू भएको छैन् । समितिले पर्याप्त तयारी बिनै एपीआई मोडल लागू गर्न हतारिएपछि समयमै शुरु हुन नसकेको हो ।

 

समितिले साउन एक गतेदेखि नै लागु हुने गरी बीमा कम्पनीहरुमा एपीआई मोडल लागु गर्न तयारी थालेको थियो । तर साउन महिनाको १५ गते भैसक्दा पनि मोडल लागू हुन नसकेको बीमा समितिले जनाएको छ ।

'साउन १ गते देखिनै बीमा कम्पनीहरुमा एपीआई प्रणाली लागू गर्ने तयारी थियो । तर अहिलेसम्म पनि लागू भएको छैन् ।' बीमा समिति स्रोतले भने, 'पर्याप्त तयारी नपुगेपछि बीमा कम्पनीहरुमा एपीआई मोडल लागू गर्न नसकिएको हो ।'

यद्यपी बीमा समितिले बीमा कम्पनीहरुमा एपीआई मोडल लागू गर्ने सम्बन्धमा केही अभ्यासहरु भने भइरहेको जनाएको छ ।

बीमा कम्पनीहरुको व्यवसायको विवरण दैनिक रुपमा संकलन गर्ने व्यवस्थाको लागि समितिले एपीआई मोडल तयार गरिएको थियो । बीमा कम्पनीहरुले बीमा समितिको एपिआई मोडलमा आफ्नो सफ्टवेयर इन्ट्रिगेट गरेपछि समितिले बीमा कम्पनीहरुको गतिविधिलाई लाइभ मोनिटरिङ गर्न सकिने व्यवस्था छ ।

बीमा कम्पनीहरुले जारी गरेका बीमालेख संख्या, बीमा शुल्क आर्जन, दाबी भुक्तानी, बीमालेख धितोमा दिएको कर्जा,अभिकर्ता कमिशन,लगानी,पोलिसी सरेण्डरलगायतका डाटा लाइभ हेर्न सकिने समितिले जनाएको छ ।

Read More
  • MBL - below news