सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट

सानिमा बैंकका ग्राहकहरुलाई “No Data, No Problem” योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध हुने भएको छ ।

यो योजना अन्तर्गत बैंकका ग्राहकहरुले नेपाल टेलिकम र एनसेल सिमबाट सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा निःशुल्क इन्टरनेट डाटा उपलब्ध हुने बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोर्डभुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न सक्नेछन् । यो योजना अगष्ट १, २०२२ देखि लागू हुने बैंकले जनाएको छ । 

डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न सानिमा बैंकले यो सेवा ल्याएको जनाएको छ ।

Read More
  • MBL - below news