सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

काठमाडौँ / सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ ।

ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सकिने बैँकले बताएका हो । 

बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एप मार्पmत् फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउनेछ । बैंकको मोबाइल बैंकिङ्ग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ । 

यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जाने भन्ने विश्वास गरेको छ । सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।

Read More
  • MBL - below news