लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबिच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबिच सम्झौता

लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प प्रालि तथा एमएडब्लु कमर्सियल भेहिकल्स प्रालिबीच सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने सम्झौता गरेको छ । उक्त उक्त सम्झौतामा बैंकका ग्राहकले फोटन र चङ्गन ब्राण्डका ब्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सावारी खरिदगर्दा लागु हुनेछ ।

सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्री पवन ढकाल र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्स प्रालिको तर्फबाट प्रबन्ध निर्देशक श्री विबेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गर्नु भयो हो । उक्त सुबिधा ग्राहकहरुले लुम्बिनी विकास बैंकको सबै शाखाहरुबाट लिन सक्नेछन ।

लुम्बिनी विकास बैंक लिमिटेडले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत सेवा दिदै आएकोे छ । साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देश भरी रहेको १३ वटा शोरुम मार्फत खरिद गर्न सक्नेछन ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको बैंकले जनाएको छ ।
 

Read More
  • MBL - below news