लगानीकर्तालाई सहजिकरण बनाउन नबिल इन्भेष्टमेन्टले NI31 तयार गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लगानीकर्तालाई सहजिकरण बनाउन नबिल इन्भेष्टमेन्टले NI31 तयार गर्ने

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले लगानीकर्तालाई सहजिकरण बनाउन NI31 तयार गर्ने भएकाे छ ।

कम्पनीले भविष्यमा सञ्चालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहक वर्ग समेतलाई लक्षित गरी आन्तरिक प्रयोजनको लागि नेपाल स्टक एक्स्चेन्जमा सूचिकरण भै कारोबार भैरहेका कम्पनीहरुमध्ये विभिन्न आधारभूत सूचकको आधारमा छनौटमा परेका ३१ वटा कम्पनीहरुको अन्तिम मुल्यको आधारमा तयार गरिने NI31 तयार गर्ने भएको हाे । छनौटमा परेका ३१ कम्पनीहरुको दैनिक कारोबारको आधारमा तयार गरिने NI31 दैनिक रुपमा कम्पनीको आधिकारीक वेवसाईड तथा सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

यस्तो सेवाबाट आम लगानीकर्ताहरुलाई उल्लेखित कम्पनीहरुमा लगानीका लागि उचित निर्णय लिन अझ सहज हुने कम्पनीले जनाएको छ ।

Read More
  • MBL - below news