तरलता सहज पार्न बजारमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
तरलता सहज पार्न बजारमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्बको रिपो जारी गर्ने भएको छ । बैंकले बिहिबार ७ दिन अवधिको रिपो जारी गर्न लागेको हो  । 

आगामी साउन १९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव हुँदा तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले आवश्यकता अनुसार रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बैंक त्तहा वित्तीय संस्थाले न्युनतम १० करोडदेखि बोलकबोल गरेर प्रक्रियामा सहभागी हुन सक्ने छन्  । 

 बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् ।  

Read More
  • MBL - below news